निर्वाचनको मिति तोक्न माग गर्दै अनेरास्ववियु सडकमा,यस्ता छन् कार्यक्रम



काठमाडौं।प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०को भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु०ले स्थानीय तहको निर्वाचन मिति तोक्नका लागि सरकारलाई दबाब दिन आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

आन्दोलनअन्तर्गत माघ १७ गते देशैभरका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत् तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण गर्ने कार्यक्रम रहेको छ।

माघ १७ गते देशैभरि अधिकतम २५ जनासम्म जम्मा भएर तत्काल निर्वाचन गर्नको निमित्त क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राख्ने बताइएको छ।

माघ १८ गतेसम्म स्थानीय तहको निर्वाचन घोषणा नगरे सरकारका मन्त्रीहरु सहभागी कार्यक्रममा कालोझण्डा देखाउने कार्यक्रम तय गरिएको अध्यक्ष सुनिता बरालले जानकारी दिएकी छन्।

यसैगरी माघ १९ गते संघीय राजधानी ९काठमाडौं० र प्रदेश राजधानीहरुमा कानुनविद्हरुको उपस्थितिमा सडक बहस गर्ने कार्यक्रम रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्