सन्दर्भ सहिद दिवस : ओठेभक्तिमा सिमित हुँदै सहिदप्रतिको सम्मान -मीना सुबेदी



हरेक बर्ष सहिद दिवस मनाउने परम्परा रहिआएकोछ। तर दुस्खको कुरा सहिद दिबसको सार्थकता भने पाइदैन। सहिद शब्दको मान्यता मुल्यहिन भएको छ भने सहिदप्रतिको सम्मान र मर्यादा ओठेभक्तिमै सिमित छ । हामी जति सम्झन्छौ,सहिद हुनु त्यति सजिलो छैन। असली शहिदहरुले देश र जनताको निम्ति कस्तो अबस्थामा आफ्नो जीवनको पुर्णआहुती दिए भन्ने सबैले सोच्नु पर्छ ।
यसर्थ देश र जनताका लागि लड्ने,संघर्ष गर्नेूशहिदूको महत्वलाइ नबुझेसम्म यस्तो महान,पबित्र दिवस मनाउनुको कुनै अर्थ र औचित्य छैन ।

सहिदुभनेका देशका अमर सपूत हुन् । उनीहरु सम्मानका शिखर हुन् । सहिदहरुको बिचार र भावना महान हुन्छ भने हृदय पनि फराकिलो,निश्वार्थ र विशाल सोचाइ नै सहिदका गुण हुन् । सहिदहरुले आफ्नो ज्यानको बाजी लगाएर देश र जनताका लागि लडेका हुन्छन् । तर पनि सहिदको इच्छा र आकाङ्क्षा पुरा गर्नेतर्फ कसैको ध्यान गएको पाइन्न । सहिदलाइ केवल शालिकमा मात्र उभ्याइएको हुन्छ । उनीहरुको बलिदानीले देखाएको बाटो बिर्सिंदै गएका कारण मुलुकमा भ्रष्टाचार,अराजकता र जनउपेक्षा,मौलाउंदै गएको छ।

सहिदले हामीलाई देखाएको बाटो भनेको अन्याय र अत्याचार विरुद्ध लड्ने नै हो । उनीहरुका निम्ति देश र जनता भन्दा ठूलो कोहि हुँदैन । राष्ट्रभक्ति नै ूशहिदूहरुको चिनारी र कर्तव्य हो। देश र जनताका लागि सच्चा शहिदहरु मर्नदेखि पनि डराउंदैनन बरु हाँसी-हाँसी मर्दछन । यस्ता महान ‘सहिदुहरुप्रति हामीले श्रद्धाञ्जली र सप्ताहब्यापी सहिद दिवस मनाएर’ शहिद दिवसूको सहि सार्थकता र औचित्य हुँदैन ।

प्रजातन्त्र स्थापना एबम विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि आफ्नो अमुल्य जीवन आहुती दिने सहिदहरुको सम्झनामा माघ १६ गते सहिद दिवस मनाउने गरिएको हो । स्वतन्त्रताको माग गर्दा दशरथ चन्द,धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ,शुक्रराज शास्त्रीलाइ राणा शासकले मृत्युदण्ड दिएको दुस्खद घटनाको सम्झनामा सहिद दिवस मनाइदै आएको हो।

यो दिन रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी हुन्छ भने प्रधानमन्त्री लगाएत अन्यले ज्ञात,अज्ञात शहिदप्रती श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ भने गणतन्त्र ल्याउनु अघिसम्म सहिद गेटमा श्रद्धाञ्जली कार्यक्रम हुन्थ्यो भने अहिले संघसंगठनद्वारा सहिद दिवसको श्रद्धाञ्जली सहिदगेटमा हुन्छ । सहिदको कृति केवल इतिहासमा मात्र सिमित छन् । अमर सहिदहरुप्रति मानसम्मान भएको भने पाइन्न । अचेल जनसुकै कारणले मरे पनि सहिद घोषणा हुने घटनाक्रमले गर्दा असली सहिदको झनै अबमूल्यन भएको छ ।

सहिदहरुले जीवन उत्सर्ग गर्ने काम महान र धन्य हो । सहिद भनेका ईश्वर हुन् । सहिदप्रति हामी सबैको श्रद्धा हुनुपर्छ ।तर हामीले उहाँहरुको अर्थ र सम्मान गर्नु पर्ने कर्तब्य भने पूरा गरेका छैनौं ।

सहिदको सम्मान गर्दै प्रजातन्त्रमा आहुती दिने वीर सहिदहरुलाइ देश निर्माणका अग्रणी मानेमा उनीहरुले नै अज्ञानताबाट ज्ञानको मार्गमा पुर्‍याई राष्ट्रिय अस्तित्व जोगाइ देश र जनतालाइ नया मार्ग र जीवन दिएका छन । यस्ता बीर पुरुष सहिदहरुको शालिक,प्रतिक अर्थात् स्तम्भ राखेर मात्र उनीहरुको सदिच्छा पूरा हुँदैन । सहिदको मर्म भावना र पुकारलाइ सुनेर उनीहरुको मूल्य र योगदानलाइ मुल्यांकन गर्नु पर्छ, तब मात्र सहिद दिवस मनाएको सार्थकता सिद्ध हुन्छ अन्यथा सहिदहरुको सपना कदापि पुरा हुँदैन।

(सुबेदी राप्रपा केन्द्रीय सदस्य हुन)

प्रतिक्रिया दिनुहोस्