कांग्रेसले गठन गर्‍यो ३५ सदस्यीय कार्य सम्पादन समिति,११ सदस्य पछि मनोनीत गरिने



काठमाडौं।नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ।

शुक्रवार बसेको कांग्रेस केन्द्रीय समितिको भर्चुअल बैठकले ३५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा गर्नुभएको प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको महामन्त्री गगन थापाले जानकारी दिए।

कार्य सम्पादन समितिमा सभापति देउवासहित १३ जना पदाधिकारी, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा शेखर कोइरालासहित पूर्वपदाधिकारीहरू समेटिएका छन् । त्यस्तै केही सिनियर केन्द्रीय सदस्यहरू पनि कार्यसम्पादन समितिमा परेका छन् ।

जस अनुसार कार्य सम्पादन समितिमा सभापति शेरबहादुर देउवा,उपसभापति पूर्णबहादुर खड्का,धनराज गुरुङ,महामन्त्री
गगन थापा र विश्वप्रकाश शर्मा,सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर,भीष्मराज आङदाम्बे, उमाकान्त चौधरी,महेन्द्र यादव
महालक्ष्मी उपाध्याय डिना
किशोरसिंह राठौंर,बद्री पाण्डे
जीवन परियार तथा बरिस्ठ केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ,प्रकाशमान सिंह,विमलेन्द्र निधि,
विजयकुमार गच्छदार,कृष्णप्रसाद सिटौला,शशांक कोइराला,चित्रलेखा यादव,डा।रामशरण
महत,अर्जुननरसिंह केसी,डा।प्रकाशशरण महत,सुनिलबहादुर थापा,डा।शेखर कोइराला,बलबहादुर केसी,बालकृष्ण खाण,ज्ञानेन्द्रबहादुर कार्की,उमा रेग्मी,रमेश रिजाल,डा।नारायण खड्का,जीपछिरिङ लामा,एनपी साउद,जीवनबहादुर शाही रहेका छन् ।
पदाधिकारीमध्ये कोषाध्यक्ष र प्रवक्ताको मनोनयन हुन बाँकी रहेको छ । त्यसबाहेक कार्यसम्पादन समितिमा ३१ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ ।४६ मध्ये सभापति देउवाले ३५ जनालाई समेट्नुभएको छ । ११ जनालाई भने पछि मनोनयन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्