सार्बजनिक सवारीमा जोर बिजोर हटाउन र माघ मसान्तसम्म विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस



काठमाडौं।नेपालमा कोरोनाभाइरस रोकथामका लागि बनाइएको कोभिड संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०ले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा पठनपाठनमा रोक लगाउन र विद्यालयहरु बन्द राख्न सरकारलाई सिफारिस गरेको छ ।

आज बसेको बैठकले माघ मसान्तसम्म वैकल्पिक तरिकाबाट शिक्षण सिकाइका लागि विद्यालयहरुलाई बन्द गर्न अनुरोध गरेको हो । बैठकले यो शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।

सिसिएमसी बैठकपछि प्रवक्ता सुनिता नेपालले दिएको जानकारीअनुसार विश्वविद्यालयका परीक्षालाई चाहिँ स्वास्थ्य मापदण्ड पालना गरेर सन्चालन गर्न अनुमति दिन पनि सिफारिस गरिएको छ ।

यसअघि यही बैठकले अहिले उपत्यकामा चलिरहेको जोरबिजोर प्रणालीलाई ट्याक्सी र नीजि सवारी साधनमा मात्र कायम राख्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्