नेपाली कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक,यस्तो छ एजेन्डा



काठमाडौं।नेपाली कांग्रेसले भोलि बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको छ।

सभापति शेरबहादुर देउवाले शुक्रबार दिउँसो ३ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएका छन्।नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भर्चुअल माध्यमबाट बस्ने छ।

पछिल्लो समय पार्टीका शीर्ष नेताहरुले नै सभापति देउवालाई केन्द्रीय कार्यसम्पादन समिति गठनका लागि दबाब दिन थालेपछि भोलिको बैठकलाई सोही विषयलाई एजेण्डा बनाइएको हो।

बिहीबार मात्रै उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई भेटेर सो समिति गठन गर्न सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस्