गठबन्धनलाई ठूलो झड्का : एमाले नेता सोनामग्याल्जेन राष्ट्रियसभा सदस्यमा निर्बाचित




सोलुखुम्बु। नेकपा एमालेका प्रभावशाली नेता सोनाम ग्याल्जेन शेर्पा राष्ट्रियसभा सदस्यमा निर्बाचित भएका छन्।

रिक्त १९ सिटका लागि आज भएको निर्बाचनमा ४७३४ मतभारसहित शेर्पा राष्ट्रियसभा सदस्यमा निर्बाचित भएका हुन।शेर्पालाई नेकपा एमालेले प्रदेश नं १ को अल्पसंख्यक कोटाबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको थियो।

।मुलुकका ७ वटै प्रदेशमा नेकपा एमालेबिरुद्ध नेपाली कांग्रेससहित ५ वटा दलले गठबन्धन गरेका बेला शेर्पाले प्राप्त गरेको यो सफलतालाई ठुलो उपलब्धीको रुपमा हेरिएको छ।राष्ट्रियसभा सदस्यमा निर्बाचित शेर्पा नेकपा एमाले प्रदेश १ कमिटी सदस्य समेत छन् ।

शेर्पाले प्रदेशसभाका ४२ जना र १५२ जना स्थानीय तहका जनप्रतिनिधिको मत पाएका हुन्। ४ हजार ७ सय ५२ मतभार उनले प्राप्त गर्दा गठबन्धनका हेमराज राईले ४९ प्रदेशसभातर्फ र स्थानीय तहका ११३ जनाको मत प्राप्त गरेको बताएइएको छ।

प्रतिक्रिया दिनुहोस्