राष्ट्रियसभा निर्बाचन : मतदान सम्पन्न,खस्यो २ हजार ७ मत



काठमाडौँ। राष्ट्रिय सभाका १९ सिटका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले सातवटै प्रदेशमा राष्ट्रिय सभाका लागि मतदान सम्पन्न भएको जानकारी दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २ हजार ७ मतदाता मतदानमा सहभागी भएको जानकारी दिएका छन् । सातै प्रदेश सदरमुकाममा रहेका मतदानकेन्द्रहरूमा मतदान कार्य उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ, उनले भनेका छन्, यो निर्वाचनमा ९ राजनीतिक दलका ४३ जना उम्मेवदावरहरूबीच प्रतिस्पर्धा भएको थियो । सातै प्रदेशका कूल २ हजार २५ मध्ये २ हजार ७ मतदाताले मतदान गर्नुभएको छ ।प्रवक्ता शर्माले केही समयपछि मतगणना कार्य सुरु हुने पनि जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्