सोलुखुम्बु : जिल्ला प्रशासन कार्यालयले आलोपालो प्रणालीमा सेवा प्रबाह गर्ने



सोलुखुम्बु।जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आगामी आइतबारदेखि आलोपालो प्रणालीमा सेवा प्रबाह गर्ने भएको छ।

कोरोना संक्रमण बढ्दै गएको र कार्यालयमा पनि भीडभाड बढेका कारण आलोपालो प्रणालीमा सेवा प्रबाह गर्न लागिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ।प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले मंगलबार एक सूचना जारी गर्दै कार्यालयका केहि कर्मचारीहरुलाई समेत कोरोना संकमण भएका कारण भीडभाड कम गर्न आलोपालो प्रणाली लागू गरिएको उल्लेख गरेका छन् ।

जारी सूचनामा जनाईए अनुसार आलोपालो प्रणाली अन्तर्गत आइतबार खुम्बु पासाङल्हामु र लिखुपिके,सोमबार महाकुलुङ र सोताङ,मंगलबार सोलुदुधकुन्ड नगरपालिका,बुधबार माप्यदुधकोशी बिहिबार थुलुङ दुधकोशी र शुक्रबार नेचासल्यान गाउँपालिकाका सेवाग्राहीले सेवा प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्