टेकु अस्पतालमा आजबाट खोप सुचारु हुंदै



काठमाडौंको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पुनः आजदेखि कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको छ।

यसअघि अस्पतालका ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि गत सोमबारदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगन गरिएको थियो।

काठमाडौं महानगरपालिकाको स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन भएपछि आज पुनः खोप लगाउने कार्यक्रम थालिने भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार आज बिहान १० बजे नियमित खोप कार्यक्रम सुरु गरिनेछ।

प्रतिक्रिया दिनुहोस्