निर्बाचन आयोगको पत्रबारे राप्रपाले राजनीतिक र कानुनी उपचार खोज्ने
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्बाचन आयोगको पत्रबारे कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ। विधानबाट सनातन हिन्दु राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रुलाई नहटाउने अडान दोहोर्यादै राप्रपाले उपयुक्त समयमा त्यसको जवाफ दिने बिज्ञप्तिमार्फत जानकारी समेत गराएको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आइतवार बसेको केन्द्रीय पदाधिकारीको बैठकले
निर्वाचन आयोगले यही माघ २ गते पठाएको पत्रबारे निर्णय लिँदै राप्रपाले नियतवश आफूहरुमाथि प्रहार गर्न खोजिएको निष्कर्ष निकाल्दै यसअघि तीनै तहको निर्वाचनमा यही विधान अनुसार प्रतिस्पर्धा गरेर निर्वाचित भइसकेको अवस्थामा अहिले आएको आयोगको निर्देशन स्वीकार्न नसकिने निर्णय गरेको हो।
निर्वाचन आयोगले राप्रपाको विधानको प्रस्तावनाको बुँदा नम्बर ४ मा उल्लेखित ुसनातन हिन्दु राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रु को मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएकोले त्यो वाक्यांश हटाई संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुकूल हुने गरी उल्लेख गर्नुहुन भनेर पठाएको पत्र संविधानको मर्म र भावना विपरीत भएको राप्रपाको ठहर छु, महामन्त्री भुवन पाठकले बिज्ञपति निकाल्दै भनेका छन्।
त्यस्तै राप्रपाले आयोगबाट आफ्नो झण्डामा रहेको गाईको तस्बिर हटाउन भनेर आएको निर्देशन पनि अस्वीकार्य हुने जनाएको छ।
ुआयोगको पत्रको दफा ४ मा उल्लेखित राप्रपाको विधानको धारा ४९क० मा उल्लेखित झण्डाको मध्यभागमा गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई त्यही बमोजिम अनुसूचीमा समेत उल्लेख गर्नुहुन पठाएको पत्र राप्रपाको मूल्य र मान्यता विपरीत छु, पाठकले भनेका छन्, ुविगतमा यसलाई पार्टीले प्रयोग गर्दै आएको छ। निर्वाचन आयोगले पनि मान्यता दिएको राप्रपाको झण्डामा र राप्रपाको चुनाव चिन्हका पनि प्रयोग भई स्थानीय तह, प्रादेशिक तथा संघीय निर्वाचनमा भाग लिइसकेको अवस्थामा आयोगको निर्देशन पूर्वाग्रही देखिएको छ।ु

