डोजरले निकालेको ढुंगा गुडिरहेको जीपमा खस्दा ओखलढुंगामा तीनजनाको मृत्यु
ओखलढुंगा। ओखलढुंगामा आज (आइतबार) गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। ओखलढुंगा–निशंखे सडकखण्डअन्तर्गत सिद्धिचरण नगरपालिका–३ नारायणस्थानमा भएको सो दुर्घटनामा चालकसहित तीनजना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा सिद्धिचरण–१ का १० वर्षीय युसक कोइरालार सात वर्षीया युनिसा कोइराला तथा मानेभन्ज्याङ गाउँपालिका–१ का ३० वर्षीय हेमबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। घाइते हुनेमा सिद्धिचरण–१ की लक्ष्मी कोइराला, मानेभञ्ज्याङ गाउँपालिका–१ देवबहादुर श्रेष्ठ र चालक सञ्जिव श्रेष्ठ रहेका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।
घाइतेमध्ये सञ्जिव र देवकोअवस्था गम्भीर रहेकाले काठमाडौं पठाउने तयारी गरिएको जनाइएको छ।
निशंखे भन्ज्याङबाट जिल्ला सदरमुकाम आउँदै गरेको को१ज ३५६९ नम्बरको जिप सिद्धिचरण(३ स्थित सोतीभरिमा डोजरले निकालेको ढुंगा पल्टिएर किचेको बताइएको छ।

