ढिलो या छिटो निर्बाचन गर्ने अधिकार संबिधानले नदिएको संबिधानबिद् आचार्यको भनाई



काठमाडौं।संविधानमा भएको व्यवस्थालाई कुल्चेर निर्वाचन चाँडो वा ढिलो गर्ने छुट कसैलाई नहुने संविधानविद् डा। भीमार्जुन आचार्यले बताएका छन्।

संविधानमा तोकिएकै समयमा निर्वाचन गर्नेपर्ने व्यवस्था भएकाले यसलाई परिवतर्न गर्न नहुने उनको भनाइ छ।

सत्ता साझेदार पाँच दलीय गठबन्धनभित्र निर्वाचन कहिले गराउने भन्ने विषयमा छलफल चलिरहेका बेला आचार्यले सामाजिक सञ्जालमार्फत निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएका हुन्।

उनका अनुसार प्रतिनिधि सभाको निर्वाचन पाँच वर्ष ननघाइकन हुनुपर्ने संविधानको व्यवस्था गरेको छ। ‘धारा ८५ ले पाँच वर्ष ननघाइकन प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्छ भनेको छ,’ उनले उल्लेख गरेका छन्।

यसैगरी, स्थानीय तहको निर्वाचन पाँच वर्ष समाप्त भएको मितिले छ महिनाभित्र गर्नुपर्ने संविधानले स्पष्ट व्यवस्था गरेको आचार्यले बताए।

प्रतिक्रिया दिनुहोस्