भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्नुपर्ने माग बढ्दै



काठमाडौं।भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई कारबाहीको माग गर्दै नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघ नेपालले जनकपुरधाममा प्रदर्शन गरेको छ।

हिंसात्मक अभिव्यक्ति दिने जसपा नेतृसमेत रहेकी मन्त्री यादवलाई तत्कालै बर्खास्त गरी कानुनी कारबाही गर्न माग गर्दै युवा संघले शुक्रबार जनकपुरमा प्रदर्शन गरेको हो।यूवा संघ धनुषाको आयोजनामा जनकपुरको विभिन्न भागमा जुलुससहित विरोध प्रदर्शन गरिएको हो। त्यसक्रममा उनीहरुले ‘नरसंहारवादी मुर्दावाद’, ‘रेणु यादवलाई मन्त्रीबाट बर्खास्त गर’, ‘हत्यारा सरकार चाहिँदैन’ जस्ता नारा लगाएका थिए।

तराई(मधेसमा राजनीतिक अभियानलाई तीव्र बनाइरहेका चन्द्रकान्त ुसीकेु राउतलाई लक्षित गर्दै अर्को गौर नरसंहार गराउने धम्कीपछि विवादमा तानिएकी छन्।

यही बुधबार रौतहटको गौरमा आयोजित राजनीतिक कार्यक्रमलाई सम्बोधनका क्रममा यादवले व्यक्ति हत्या र सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएकोप्रति आठजना नागरिक अगुवाहरुले पनि आपत्ति जनाएका छन्।

यसरी वक्तव्य निकाल्नेहरूमा डा। केदानरनरसिंह केसी, चरण प्रसाई, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्