सरकारका ६ महिना : त्रास र भयको अन्त्य भएको प्रधानमन्त्री देउवाको दावी



काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठन भएपछिको ६ महिनामा जनतामा आशा र भरोसा बढेको दाबी गरेका छन् ।

शुक्रवार अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि त्रास र भयको अन्त्य भएको दाबी गरेका हुन् ।

‘संविधान र संवैधानिक प्रणालीको रक्षा भएको छ । त्रास र भयको अन्त्य भएको छ । सरकार सही दिशामा अगाडि बढेको छ,’ देउवाले भने, ‘जनतामा आशा र भरोसा बढेको छ, यद्यपि, सरकार सन्तुष्ट भएर बस्ने अवस्थामा नरहेको पनि उनले बताए ।तर, सरकारमा यतिमा मात्र सन्तुष्ट हुने अवस्थामा छैन,” उनले भने ।

देउवाले कोरोना महामारी नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता रहेको पनि बताए ।सबै नागरिकलाई कोरोना विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने अभियान निरन्तर रहेको उल्लेख गर्दै उनले खोप अभियानका लागि तीन तहका सरकार संघ, प्रदेश र पालिकासहित मातहतका निकायले आवश्यक समन्वय गरिरहेको बताए।

देउवाले ६ महिनामा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम भएको पनि दाबी गरे । उनले ६ महिनामा आर्थिक क्रियाकलाप वृद्धि भएको बताए ।

आधा घण्टा लामो सम्बोधनका क्रममा देउवाले सरकार गठन भएपछिका उपलब्धिको व्याख्या गरे । सरकार एक वर्षभित्र तीनवटै तहको चुनाव गराउन तयार रहेको भन्दै त्यसको लागि तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्