मातहत कमिटी र जनसंगठनहरुलाई यस्तो छ एमालेको निर्देशन
काठमाडौं।नेकपा एमालेले कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै २५ जनाभन्दा बढी सहभागी हुने गरी कार्यक्रम नगर्न निर्देशन दिएको छ।

मातहतका कमिटी र जनवर्गीय संगठनलाई २५ जनाभन्दा बढीको सहभागिता रहने कुनै पनि कार्यक्रम नगर्न भन्दै दिँदै एमालेले यसअघि निर्धारण भइसकेका त्यस्ता कार्यक्रम स्थगित गर्ननिर्देशन दिएको छ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुन र कार्यक्रम गर्न निषेध गरेको छ।

