सोलुखुम्बु : पूर्बराज्यमन्त्री बस्नेतलाई कोरोना संक्रमण



सोलुखुम्बु ।पूर्ब राज्यमन्त्री एबम सोलुखुम्बु जिल्लाको प्रदेश क बाट निर्बाचित सांसद उत्तमकुमार बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ।

नेकपा एमाले १ नं प्रदेश कमिटी सदस्य समेत रहेका बस्नेतलाई आइतबार गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो।सांसद बस्नेत नेकपा एमाले सोलुखुम्बुको सातौं अधिबेशन सम्पन्न गरेर जिल्ला र जिल्ला बाहिरका कतिपय कार्यक्रममा सहभागी भएका थिए। सांसद बस्नेतले सामाजिक सन्जाल फेसबुकमार्फत केहि दिन यता आफुसंग सम्पर्कमा आएका र नजिकका साथीरशुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परिक्षण गर्न समेत अनुरोध गरेका छन् ।

कोरोना संक्रमण देखिएपछि सांसद बस्नेत घरमै आईशोलेसनमा बसेका छन।कोरोना देखिए पनि अवस्था सामान्य रहेको उनको भनाई छ।संक्रमित भएपछि जिल्लाको उत्तर दक्षिण सडक र मेरापिक संरक्षित क्षेत्र स्थापना लगायतका बिकास योजनाबारे छलफल अघि बढाउने योजना तत्कालका लागि अवरुद्ध बनेको बताउंदै उनले छिटै कोरोना परास्त गरेर अवरुद्ध योजना अघि बढाउने बिश्वास व्यक्त गरे।रहस्यखबर सांसद बस्नेत को शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ।

प्रतिक्रिया दिनुहोस्