शिक्षा मन्त्रालयमा नोट अफ डिसेण्ट लेखेर बाहिरिएका शर्मालाई सिंहदरबारमै कालोमोसो



काठमाडौं । काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले कालोमोसो दलेका छन् ।

शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठकमा चिकित्सा शिक्षा आयोगले तोके भन्दा बढी शुल्क लिन नपाईने सहमति भएपनि त्यसबिरुद्ध नोटअफ डिसेण्ट लेखेर बाहिर निस्कन लागेका शर्मालाई मन्त्रालय परिसरमै सोही कलेजमा अध्ययनरत विद्यार्थीले कालोमोसो दलेका हुन् ।
उनीहरूले आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विरोध गर्दै आइरहेका छन् ।

अनेरास्ववियुका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वमा गएको टोलीले उनीमाथि कालोमोसो दलेको हो । कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले गिरफ्तार गरेको छ ।

शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्