सुनसरी एमालेमा द्वारिकालाल चौधरीको लज्जाष्पद हार



इटहरी । नेकपा एमाले सुनसरीको अध्यक्ष बन्ने प्रतिस्पर्धामा इटहरीका नगरप्रमुख द्वारिकालाल चौधरीले लज्जास्पद पराजय ब्यहोर्नुपरेको छ।

जिल्ला कमिटी सातौँ अधिवेशनमा अध्यक्ष पदका दावेदार चौधरीले सम्पन्न निर्बाचनमा खसेको १ हजार ८सय५ मत मध्ये ८० मतमात्रै मत प्राप्त गरेका छन् ।

अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन् । ९२० मत प्राप्त गरेर भण्डारी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी खेमराज पोखरेलले ७७५ मत पाएका थिए । मात्रै पाए ।

यस्तै उपाध्यक्षमा निलम खनाल निर्वाचित भएका छन् । उनी भण्डारी प्यानलबाटै निर्वाचित भएका हुन् । सचिवमा भने यसअघि नै परशुराम यादव निर्विरोध निर्वाचित भएका थिए । उपसचिवमा राम कोइराला र योग्यराज खड्का निर्वाचित भएका छन् । उनीहरु पनि भण्डारी प्यानलकै हुन् ।

प्रतिक्रिया दिनुहोस्