रित्तोयो एस निकट कर्मचारी संगठन, अध्यक्षसचित ३ सय १ जना फर्किए मूल संगठनमै



काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्षसहितका पदाधिकारीहरू मूल संगठनमै फर्किएका छन् । एमालेको विभाजनलगत्तै नेपाल कर्मचारी संगठन विभाजित भएको थियो । विभाजित भएको संगठनका अध्यक्ष रेवन्त गौतम, वरिष्ठ उपाध्यक्ष मोहन गिरी र अधिकांश पदाधिकारीसहित उक्त संगठन एमाले निकट नेपाल निजामति कर्मचारी संगठनमा विलय भएको हो ।

नेपाल निजामति कर्मचारी संगठन ११ औं राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक केदारप्रसाद देवकोटा र एकीकृत समाजवादी निकट संगठनका अध्यक्ष तथा हाल सचिवालय सदस्य गौतमले संयुक्त विज्ञप्ति जारी गर्दै माघ १४ र १५ मा हुने महाधिवेशन सम्पन्न गर्न आह्वान गर्नुभएको छ ।

एकीकृत समाजवादी निकट संगठनका संस्थापक अध्यक्ष गौतम, वरिष्ठ उपाध्यक्ष मोहन गिरी, उपमहासचिव रामचन्द्र अधिकारी, सचिव ओम कठायतले एमाले निकट संगठनमै फर्किएको घोषणा गर्नुभएको छ । त्यस्तै केन्द्रीय सदस्यहरू अमर गिरी, पदमराज जोशी, रामचन्द्र पण्डित, शान्ति विष्ट, लक्ष्मी योगी, अमृता रावत, जयदेश जोशीलगायत २१ जना केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा विभागीय सदस्यसमेत ३०१ जनाले नेकपा एस परित्याग गरेको गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्