सोलुखुम्बु : पत्रकारमाथि हातपात गर्ने नेबिसंघ सोलुका उपाध्यक्ष बस्नेत पक्राउ



सोलुखुम्बु ।जिल्लामा क्रियाशील दुई पत्रकारलाई कुटपिट गर्ने नेपाल विद्यार्थी संघ सोलुखुम्बुका उपाध्यक्ष जीवन बस्नेत पक्राउ परेका छन् ।

नेपाली कांग्रेसको जिल्ला अधिबेशनको रिपोर्टिङ गरिरहेका स्थानीय पत्रकारद्वय सुबास दर्नाल र रमन वनमाथि गएको मंसिर १४ गते हातपात गर्ने माप्यदूधकोशीका बस्नेतलाई प्रहरीले बुधबार उनकै घरबाट पक्राउ गरेको हो ।

रिपोर्टिङका क्रममा दर्नाल र वनलाई नेपाल विद्यार्थी सङ्घका जिल्ला उपाध्यक्ष बस्नेत, कांग्रेसका क्षेत्रीय प्रतिनिधि प्रदीप बस्नेत, नेविसङ्घ माप्यदूधकोशी अध्यक्ष विभूषण राई लगायतले हातपात गरेका थिए ।

उनीहरु विरुद्ध पीडित पत्रकारले अभद्र व्यवहार अन्तर्गत मुद्दा दायर गरेका थिए । अरु दुई जनाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्