प्रधानमन्त्री निवास बालुवाटार पस्यो कोरोना



प्रधानमन्त्रीनिवास बालुवाटारमा कोरोना फैलिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यरत भान्से र प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा खटिने अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार प्रधानमन्त्री देउवासहित सचिवालयमा कार्यरत कर्मचारी र सुरक्षा अधिकारीको पिसिआर परीक्षण गरिएको थियो । प्रधानमन्त्री देउवाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

भान्से र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाको बिहीबार पुनः पिसिआर परीक्षण गरिने बालुवाटार स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्