सोलुखुम्बुमा एमाले र कांग्रेस मिलेर अघि बढ्नुको विकल्प छैन : कांग्रेस सभापति शेर्पा



सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले देशमा जस्तोसुकै राजनीतिक घटनाक्रम बिकास भएपनि सोलुखुम्बु जिल्लामा नेकपा एमाले र नेपाली कांग्रेस संगसंगै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

सल्लेरीमा सुरु एमाले सोलुखुम्बुको सातौं अधिबेशनको सफलताका लागि शुभकामना मन्तव्य व्यक्त गर्दै जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डका प्रमुख समेत रहेका शेर्पाले सो कुरा बताएका हुन्।बिगतमा पनि पटकपटक एमाले र कांग्रेस एकआपसमा संगसंगै हिंडेको स्मरण गर्दै सभापति शेर्पाले सुशासन, बिकास र समृद्धिका लागि एमाले र कांग्रेस जिल्लामा मिलेर अगाडी बढ्नुको विकल्प नरहेको धारणा राखेका हुन।

कांग्रेस र एमाले सहयात्री दल भएको उनको भनाई थियो।मुलुकमा भएका हरेक राजनीतिक परिवर्तनमा दुबै दल एक साथ रहेको बताउंदै उनले अब प्राप्त उपलब्धिको रक्षाका लागि पनि दुबै दलको सहयात्रा जरुरी रहेको धारणा राखे।

बिचार र सिद्धान्त फरक भएपनि दुबै दलको गन्तव्य एउटै भएको बताउंदै शेर्पाले भने,( ुसंबिधानमा उल्लेख भए अनुसार समाजबाद उन्मुख समाज निर्माणमा दुबै दलको प्रतिबद्धता हो, गरिवीलाई अन्त्य गरेर गन्तव्यमा पुग्नका लागि पनि हामी बीच सहकार्य हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्