नेकपा एमाले सोलुखुम्बुको सातौं अधिबेशन सुरु



सोलुखुम्बु ।नेकपा एमाले सोलुखुम्बुको सातौं जिल्ला अधिबेशन सदरमुकाम सल्लेरीमा सुरु भएको छ।

योङ्ग स्टार क्लबको कभर्डहलमा सुरु अधिबेशनको प्रमुख अतिथि सोलुखुम्बु जिल्ला इन्चार्ज एबम नेकपा एमालेका केन्द्रीय सदस्य मानबीर राइले पार्टीको झण्डा झण्डोत्तलन गर्दै उद्घाटन गर्नुभएको छ।बिशेष अतिथि नेकपा एमाले १ नं प्रदेश संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सांसद उत्तम बस्नेत लगायतले पानसमा बत्ती बाल्नु भएको थियो।

जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा सुरु भएको उद्घाटन सत्रमा अधिबेशन सफलताका लागि शुभकामना दिन नेपाली कांग्रेस सोलुखुम्बुका सभापति एबम् सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पा लगायत अन्य दलका नेताहरूको समेत उपस्थिति रहेको छ।

५१७ जना प्रतिनिधि सहभागी एमालेको अधिबेशनको उद्घाटन सत्रमा नेताहरूले सम्बोधन गरिरहेका छन् ।उद्घाटनसत्र सम्पन्न भएपछि आजै बन्दसत्र सुरु हुने अधिबेशन आयोजक समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्