एन्फा कार्यसमितिको बैठक पुस २२ मा बस्ने



अखिल नेपाल फुटबल संघ ९एन्फा० को केन्द्रीय कार्यसमितिको बैठक पुस २२ गते बस्ने भएको छ। कार्यसमितिका एक सदस्यका अनुसार महासचिव इन्द्रमान तुलाधरले बैठकका लागि सोमबार पत्र पठाएका छन्।

यसअघि पुस १ मा तीन उपाध्यक्षसहित केन्द्रीय समितिका ७ जनाले बैठक बोलाउन माग गर्दै एन्फामा पत्र दर्ता गराएका थिए।

बैठक माग गर्नेमा वरिष्ठ उपाध्यक्ष पंकजब्रिकम नेम्बाङ, उपाध्यक्षहरू कृष्णबहादुर थापा र वीरबहादुर खड्का तथा सदस्यहरू किरण राई, दिनेश व्यन्जनकार, निरोज खड्गी र दावा लामा छन्।

९ महिनाभन्दा बढि समयसम्म एन्फा बैठक बस्न नसकेकाले पत्र दर्ता गराएको वरिष्ठ उपाध्यक्ष नेम्बाङको भनाइ थियो।

आगामी २०७९ बैशाखमा एन्फाको साधारण सभा र निर्वाचन गर्नुअघि जिल्ला, प्रदेश र केन्द्रको साधारण सभा र निर्वाचन सम्बन्धी कार्यतालिका लगायतको विषयमा छलफल गर्न भन्दै बैठक बोलाउन माग गरिएको थियो।

यस्तै जिल्ला लिग, प्रदेश लिग, ए, बी र सी डिभिजन लिग, राष्ट्रियलिग संचालन बारे छलफल गर्न रअन्य आवश्यक विषयहरूमा समेत छलफल गर्नको लागि अध्यक्षलाई पटकपटक अनुरोध गर्दा पनि बेवास्ता गरेकाले एन्फाको विधानको धारा ३७ को उपधारा २ बमोजिम कार्यसमिति बैठकको माग गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्