खसआर्य र जनजाति कोटामा क-कस्ले जिते कांग्रेस केन्द्रीय सदस्य ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खसआर्य खुलातर्फ सभापति शेरबहादुर देउवानिकट ६ जना विजयी भएका छन् ।खसआर्य केन्द्रीय सदस्यमा ७ जना विजयी हुनेमा डा।शेखर कोइरालाको प्यानलबाट एकजना मात्रै निर्वाचित भएका छन् ।

निर्वाचित हुनेमा पूर्वमन्त्री केशवकुमार बुढाथोकी, गोविन्दकुमार शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी रहेका छन् ।उनीहरुमध्ये आचार्यमात्रै कोइराला प्यानलका हुन् ।
उता, आजै सार्बजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेसको आदिवासी जनजातितर्फ खुला केन्द्रीय सदस्यमा चिनकाजी श्रेष्ठ (गोरखा)ले सर्वाधिक मत पाएका छन् । ८ जना निर्वाचित हुने सो क्लष्टरमा श्रेष्ठसहित ७ जना सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट विजयी भएका छन् ।
यो क्लष्टरबाट राज्यमन्त्री उमेश श्रेष्ठ (चितवन), बहादुरसिंह लामा (नुवाकोट), दिलमान पाख्रिन (धादिङ), टेकबहादुर गुरुङ (मनाङ), आङगेलु शेर्पा (सोलुखुम्बु), तारामान गुरुङ ।संखुवासभा र टेकप्रसाद गुरुङ (चितवन) केन्द्रीय सदस्यमा विजयी भएका छन् ।निर्वाचित ८ जना मध्ये टेकप्रसादमात्रै कोइराला प्यानलका हुन् ।

