भट्टराईले भने,-‘प्रचण्ड मिथ्या आरोप लगाई रहेका छन्,एमाले एमसीसीको पक्षमा छैन’



काठमाडौं । नेकपा ९एमाले०का प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० पास गर्ने पक्षमा आफ्नो पार्टी नभएको बताएका छन् ।

एमसिसीसँग एमालेले सौदावाजी गर्न लागेको भन्दै नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोपको खण्डन गर्दै मंगलबार सन्चारकर्मीसंग भट्टराईले सो कुरा बताएका हुन् ।

‘प्रचण्ड यस्ता प्रचारवाजीमा माहिर छन् । उनले धेरै वर्षअघिदेखि गर्दै आएका छन्’, उनले भने, ‘प्रचण्डको एउटा पनि भनाइ व्यवहारमा देख्न पाइएको छैन । कुनै सर्तमा पनि एमाले समसिसी पास गर्ने पक्षमा छैन ।’

भट्टराईले वर्तमान सत्ता गठबन्धन धेरै वर्षसम्म कायमै रहोस् भन्दै एमालेलाई बदनाम गराउन प्रचण्डले मिथ्या आरोप लगाएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्