किराँतीको निधनमा सोलु एमालेले ५ दिन शोक मनाउने , जिल्ला कमिटी बैठक स्थगित
सोलुखुम्बु।नेकपा एमाले सोलुखुम्बुले पार्टीका अग्रज नेता डीबी किरांतीको निधनमा नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले पांचदिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ।

जिल्ला पार्टी कार्यालय सल्लेरीमा श्रद्धाञ्जली सभाको आयोजना गरी आइतबार पार्टीको झण्डा आधा झुकाइएको सचिब आशकुमार राई शिशिरले जानकारी दिनुभयो।यसअघि शोक बक्तब्य जारी गर्दै जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाले किराँतीको निधनमा गहिरो दुस्ख व्यक्त गर्दै पांच दिनसम्म झण्डा आधा झुकाउने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने जनाउनु भएको थियो।कम्युनिस्ट आन्दोलनका अथक योद्धा बहुप्रतिभाका धनी राईको निधनले सिंगो कम्युनिस्ट आन्दोलन र एमाले सोलुखुम्बुलाई अपुरणीय क्षती पुगेको उल्लेख गर्दै बास्तोलाद्वारा जारी शोक बक्तब्यमा ओखलढुंगामा जन्मिएर पनि सोलुखुम्बुलाई कर्मथलो बनाएर किंरातीले गर्नुभएको योगदान सदा स्मरणीय रहेको उल्लेख गर्नुभएको छ।
आईतवारै सल्लेरीस्थित पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली सभामा मन्तब्य व्यक्त गर्दै एमाले केन्द्रीय सदस्य मानबीर राईले जुनबेंसी माबिमा अध्ययन गर्दै गर्दा आफुलाई विद्यार्थी राजनीतिमा सक्रिय बनाउन स्वर्गीय किंरातीको भूमिका रहेको स्मरण गर्दै प्रगतिशिल लेखनकै कारण वहाँले कठोर जेल जीवन बिताउनु परेको बताउनुभयो।तत्कालीन मालेबाट बाममोर्चाको संयोजक हुँदै एमालेलाई जिल्लामा स्थापित गर्ने कुरामा किंरातीको योगदान अतुलनीय रहेको चर्चा गर्दा केन्द्रीय सदस्य राई भक्कानिन पुग्नुभएको थियो ।
प्रदेश कमिटी सदस्य तथा नेकपा एमाले १ नं प्रदेश संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले स्वर्गीय किंरांतीसंग आफु ०४० सालदेखि राजनीतिक सहयात्रामा रहेको चर्चा गर्दै समाज परिवर्तन र संगठन निर्माणमा वंहाले निर्बाह गर्नुभएको भूमिका सदैब स्मरणीय रहने चर्चा गर्नुभयो । माले हुँदै एमालेमा रुपान्तरण भएपछि पनि वहाँले पार्टीलाई बलियो बनाउने कुरा भन्दा अरु कुनै पदीय लालचा कहिल्यै नराखेको भन्दै एमालेलाई झन सशक्त र बलियो बनाएर वहाँको सपना पूरा गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।
केहि दिन यतादेखी काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा ब्रेन स्टोकको उपचार गराईरहनुभएका किरांतीको गएराति निधन भएको थियो।अन्तिम समयमा वहाँलाई कोरोना संक्रमण पुष्टि भएको परिवार ले जनाएको छ।स्वर्गीय किरांतीको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
किंरातीको निधनमा शोक मनाउन नेकपा एमालेले सोमबारका लागि बोलाएको जिल्ला कमिटी बैठक समेत अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको जनाएको छ।
यसैबीच,राष्ट्रिय युवा संघ नेपाल सोलुखुम्बु जिल्ला कमिटीका अध्यक्ष प्रवेश किराँती र अनेरास्ववियुका अध्यक्ष तथा सचिब क्रमशः गौरव राई र ङवाङ तेन्जी शेर्पाले शोक बक्तब्य जारी गर्दै किराँतीको निधनमा गहिरो दुस्ख व्यक्त गरेका छन् ।

