रहेनन् कम्युनिस्ट आन्दोलनका धरोहर डीबी किरांती



सोलुखुम्बु । सोलुखुम्बुको कम्युनिस्ट आन्दोलनका धरोहर नेता दिल बहादुर (डीबी) किरांतीको निधन भएको छ।६६ बर्षीय किरांतीको ब्रेन स्टोनको उपचारका क्रममा काठमाडौंको बांसबारीस्थित न्यूरो अस्पतालमा गए राती निधन भएको हो।

ओखलढुंगाको तत्कालीन रुम्जाटार गाउँपन्चायतको चार्खुमा ०१२ सालमा जन्मनुभएका किरांतीले आफ्नो राजनीतिक कर्मथलो भने सोलुखुम्बु जिल्लालाई बनाउनु भएको थियो।०३० सालमा विद्यार्थी राजनीतिबाट कम्युनिस्ट आन्दोलनमा सरिक वहाँ ०३५ सालमा ओखलढुंगाबाट बिस्थापित हुनुभएको थियो । कम्युनिस्ट आन्दोलनमा सरिक भएका कारण वहाँको सर्बस्वहरण समेत भएको समकालीनहरुले बताउने गरेका छन् ।पछिल्लो समय नेकपा एमाले प्रदेश नं १ को सदस्यको जिम्मेवारीमा रहनु भएका किराँती साहित्य र कृषि क्षेत्रमा उत्तिकै क्रियाशील हुनुहुन्थ्यो।

वहाँका साहित्य तथा कृषि सम्बन्धि थुप्रै कृतिहरु प्रकाशित छन्।किराँतीका एक श्रीमती र दुई छोरी छन् ।श्रीमती सूर्यकुमारी सुनुवार पनि राजनीतिमै सक्रिय हुनुहुन्छ।वहांपनी नेकपा एमाले १ नं प्रदेश कमिटी सदस्यको जिम्मेवारी रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्