एमाले केन्द्रीय सदस्य राईलाई युवा संघको सम्मान




सोलुखुम्बु।नेकपा एमालेका केन्द्रीय सदस्य मानबीर राईलाई सम्मानित गरिएको छ।

हालैमात्र सोलुखुम्बु जिल्ला इन्चार्जको जिम्मेवारीसमेत पाउनु भएका राईलाई राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सोलुखुम्बुले बिहिवार सम्मानित गरेको हो। नेकपा एमाले सोलुखुम्बुका पुर्ब अध्यक्ष राईलाई नेकपा ९एमाले० को केन्द्रीय सदस्य जस्तो गरिमामय जिम्मेवारी प्राप्त गर्नु भएकोले सम्मानित गरिएको राष्ट्रिय युवा सघ नेपाल सोलुखुम्बुका अध्यक्ष प्रवेश किरांतीले जानकारी दिए।

कार्यक्रममा स १ नम्बर प्रदेश सभा सदस्य उत्तम कुमार बस्नेत, नेकपा एमाले सोलुखुम्बुकाअध्यक्ष डुफ कुमार बास्तोला, जिल्ला सचिब आस कुमार राई ९शिशिर० र अन्य नेताहरुको उपस्थिति रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्