सहमहामन्त्रीपछि कांग्रेस केन्द्रीय सदस्यको मत गणना सुरु
काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना जारी छ। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा मधेसी (महिला) खुल्ला ४ पदको र प्रदेश नम्बर २ महिला १ पदको मतगणना गरिँदै छ।

मधेसी (महिला) खुल्ला ४ पदको लागि पाँच जना प्रतिस्पर्धामा छन्। प्रदेश नम्बर २ महिला १ पदको लागि गीता चौधरी र चित्रलेखा यादव प्रतिस्पर्धामा छन।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत सोमबार सम्पन्न निर्वाचनको आजै सम्पन्न मतगणना अनुसार सहमहामन्त्रीमा सभापति देउवापक्षको पल्ला भारी भएको हो। दुई जना सहमहामन्त्री भने सभापतिमा पराजित शेखर कोइराला पक्षकाले जितेका छन्।
८ मध्ये महिला, आदिवासी, खसआर्य, मुस्लिम, मधेसी र थारु गरि ६ समूहमा देउवा पक्षले हात पार्दा पिछडिएको र दलित समूहमा शेखर प्यानलबाट सहमहामन्त्री विजयी भएका छन्।
८ मध्ये महिला, आदिवासी, खसआर्य, मुस्लिम, मधेसी र थारु गरि ६ समूहमा देउवा पक्षले जित हात पार्दा पिछडिएको र दलित समूहमा शेखर प्यानलबाट सहमहामन्त्री विजयी भएका छन्।
महिला र आदिवासी जनजाति समूहमा देउवा पक्षका महालक्ष्मी उपाध्याय (डिना) र भीष्मराज आङ्देम्बे विजयी भएका छन्। त्यस्तै खसआर्यमा किशोर सिंह राठौर विजयी भएका छन्।
मतगणनामा राठौरले कोइराला प्यानलका देवराज चालिसेलाई पराजित गरेका हुन्। मुस्लिम तर्फबाट देउवापक्षका फरमुल्लाह मन्सुर विजयी भएका छन्। उनले कोइराला प्यानलका शेख वकीललाई पराजित गरेका थिए।
त्यस्तै मधेसी समूहमा देउवा प्यानलका महेन्द्र यादव र थारु समूहमा उमाकान्त चौधरी विजयी भएका छन्।
पिछडिएको समूहबाट बद्री पाण्डे र दलित समूहबाट जीवन परियार विजयी भएका छन्। उनीहरु शेखर कोइराला प्यानलका हुन्।

