सोलुखुम्बु : अनेरास्ववियुको ११ औं जिल्ला सम्मेलन आजबाट सुरु हुने
सोलुखुम्बु ।नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको ११ औं जिल्ला सम्मेलन आजबाट सुरु हुने भएको छ। जिल्ला सदरमुकाम सल्लेरीमा सुरु हुने सम्मेलनको सम्पूर्ण तयारी भएको प्रचार प्रमुख
मिलन नाछिरिङले जानकारी दिए।

२ दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ।सम्मेलनमा लागि झण्डै दुई सय प्रतिनिधि सहभागी हुने उनले बताए ।सम्मेलनका लागि प्रत्येक माबिबाट ३, उच्च माबिसम्म भएको कमिटीबाट ४ र क्याम्पस कमिटीबाट ५ जना प्रतिनिधि छनौट भएका छन् ।अधिकांस प्रतिनिधिहरु हिंजै आईसकेको र बांकी बिहान सम्म आईपुग्ने नाछिरिङले बताए ।
सम्मेलनको उद्घाटनसत्रमा नेकपा एमालेका केन्द्रीय सदस्य मानबीर राई,एमाले जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला, अनेरास्ववियुका महासचिव समिक बडाल लगायत अन्य नेता सहभागी हुने उनको भनाई छ।

