सोलुखुम्बु एमालेका शालीन नेता मानबीर राईले पाए केन्द्रीय सदस्यको जिम्मेवारी
काठमाडौं।नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका पूर्बअध्यक्ष मानबीर राई केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

जिल्लाभित्र अत्यन्तै भद्र र शालीन नेताको छबि बनाएका राई नेकपा एमाले १ नं प्रदेश कमिटी सदस्य पनि हुन।उनलाई चितवनमा सम्पन्न एमालेको १० औँ महाधिबेशनमा सोलुखुम्बुको तर्फबाट साझा उम्मेदवार बनाउने जिल्ला कमिटीले अनौपचारिक निर्णय गरेको थियो।तर महाधिवेशनमा सर्बसम्मत नेतृत्व चयनको प्रक्रिया अघि बढेपछि राई उम्मेदवारी दर्ता गर्नबाट पछि हटेका थिए।हिंजोबाट भक्तपुरमा सुरु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले उनलाई केन्द्रीय सदस्य मनोनीत गरेसंगै सोलुखुम्बुबाट एमालेको केन्द्रीय सदस्य बन्ने राई पहिलो नेता बनेका छन् ।
छैठौ जिल्ला अबिधेशनबाट जिल्ला कमिटी अध्यक्षमा निर्बाचित राई तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुगेका बेला गत बर्ष पनि केन्द्रीय समितिमा मनोनीत भएका नेता हुन्।केन्द्रीय सदस्य मनोनीत भएसंगै उनले उपाध्यक्ष डुफकुमार बास्तोलालाई जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका थिए।तर सर्बोच्च अदालतको निर्णयसंगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्बवत सांगठनिक अवस्थामा फर्किए पनि उनले अध्यक्षको जिम्मेवारी नलिने घोषणा गरे।
पार्टी भित्रको आन्तरिक विवाद हल गर्नका लागि असन्तुष्ट पक्षसंग पार्टी जेठ ०७५ जेठ २ मा फर्काउने सहमति केन्द्रमा भएसंगै त्यसको कार्यान्वयनका लागि अध्यक्षको हैसियतले राइले गएको भदौमा जिल्ला कमिटी बैठकको अध्यक्षता गरेका थिए।तर उनले सोही बैठकमा छोडेको जिम्मेवारीमा आफू नफर्कने भन्दै पुनस् बास्तोलालाइ नै अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका थिए।
२०४२–४३ सालमा खरिखोला निमावि र जुनवेशी माविमा गठित अनेरास्ववियूको विभिन्न पदमा रहेर राजनीति सुरुवात गरेका राईले २०४६–४७ मा अखिल नेपाल किसान संघको जिल्ला सदस्यमा रहेर काम गरेका थिए।
०४८ सालमा सम्पन्न एमालेको प्रथम जिल्ला अबिधेशनबाट राई उपसचिव निर्बाचित भएका थिए।पांचौं जिल्ला अधिबेशनबाट उपाध्यक्ष हुंदै कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेका उनी छैटौं जिल्ला अधिबेशनबाट अध्यक्षमा निर्बाचित भए।राई एमाले र माओबादी केन्द्रको एकतापछि बनेको नेकपाका अध्यक्ष समेत हुन् ।

