भोलिदेखि नेपाल आइडल, मुख्य प्रायोजक कोका–कोला
काठमाडौँ । चर्चित रियालिटी सो नेपाल आइडल भोलि २३ गतेबाट प्रशारण हुने भएको छ । यसको मुख्य प्रयोजकको रुपमा कोका–कोला रहेको छ । कोका–कोला र नेपाल आइडलको यो दोश्रो वार्षिय सहकार्य हो । कोका–कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक रहेको थियो ।
केहिदिन अघि राजधानीमा एपी–वान र कोका–कोलाबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको थियो । हस्ताक्षर कार्यक्रममा बोल्दै बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डनले कोका(कोलाले आइकोनिक ग्लोबल रियालिटी शो पप आइडलको नेपाली फ्रयानचाइज नेपाल आइडलसँग गरेको यो दोश्रो वार्षिय सहकार्य हो ।
हरेक वर्ष बहुमुखी प्रतिभाका धनी र झन(झन मिठो गाउने प्रतिस्पर्धीहरुको सहभागिताले यो कार्यक्रम अझ रोमान्चक र उत्साहपूर्ण हुँदै गईरहेको बताए । हामी सबैलाई थाहा छ संगीत मानवीय भावना र सम्बन्ध व्यक्त गर्ने विश्वव्यापी भाषा हो । त्यसैले कोका(कोला जहिले पनि संगीतसँग जोडिँदै आइरहेको छ । नेपाली युवाको प्रतिभा उजागर गर्ने यस्तो प्ल्याटफर्ममा जोडिन पाउँदा अत्यन्तै खुसी लागेको बताए ।


