एमालेले ‘घरघरमा एमाले’ अभियान चलाउने
काठमाडौं।नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनका कारणले सरकार, अदालत लगायत सबै क्षेत्रमा व्यथिति देखिएको भन्दै उनले अहिलेको परिस्थितिमा ताजा जनादेशका लागि जनतामा जानु अपरिहार्य भएको बताएका छन् ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रि–चन्द्र क्याम्पसमा आयोजना गरेको संगठन विस्तार एवं सदस्यता वितरण महाअभियान(२०७८ को उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन्।
अहिले अदालत अदालत जस्तो र संसद संसद जस्तो नभएको बताउंदै पोखरेलले लोकतन्त्रका मह्त्वपूर्ण खम्बा माथि प्रहार गर्ने काम गठबन्धनमा रहेका दलहरुबाट भइरहेको आरोप समेत लगाए ।
देशभक्त र मुलुकको समृद्धिको आकांक्षा राख्नेहरुको पार्टी नेकपा एमाले भएको बताउंदै यसलाई
थप बलियो बनाउन देशभर पार्टी प्रवेशको अभियान सञ्चालन गर्न लागेको जानकारी समेत उनले दिए।
‘मंसिर २५ देखि केन्द्रीय समितिको बैठक आयोजना गर्दैछौं। एकैचोटी जिल्ला र प्रदेशको अधिवेशन गर्दैछौं,’ उनले भने, ‘घर–घरमा एमालेको अभियान सुरुवात गर्दैछौं। देशव्यापी पार्टी प्रवेशको अभियान चलाउने छौं।
‘चितवनको महाधिवेशनबाट जुन नेतृत्व निर्माण गरेका छौं। विधान महाधिवेशनबाट जे कार्यभार निर्माण गरेका छौं। संगठन निर्माण र परिचालन गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘अब ती कार्यान्वयन गरेर जाने विषयमा नै नेतृत्वको ध्यान जानेछ र हामी त्यसै दिशामा अघि बढ्छौं।’

