केरुङको चांगेस्थान र माप्यको बासाखाली माबिमा अनेरास्ववियुको कमिटी
सोलुखुम्बु ।सोलुदुधकुण्ड नगरपालिका ८ मा रहेको चाँगेस्थान माबि केरुङमा उमेश बस्नेतको अध्यक्षतामा ७९ सदस्यीय प्रारम्भिक कमिटीका साथै विभिन्न बिभागहरु गठन गरिएको छ ।

नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य कल्पना राई,नेकपा एमाले जिल्ला कमिटी सदस्य पासाङ कटुवाल, दौलित राई र अनेरास्ववियु जिल्ला कमिटी सचिवालय सदस्य मिलन नाछिरिङको उपस्थितिमा गठित समितिको उपाध्यक्षमा उर्मिला तामाङ र स्वीकृति कार्की सचिबमा राजकुमार मगर
सह(सचिबमा आयुष्ना श्रेष्ठ र सुमना तथा मगर कोषाध्यक्षमा बिनिता मगर छन् ।

यसैगरी, गुणा बिकको र मनिका बिक सह(संयोजक रहेको महिला बिभाग,मिलन मगर संयोजक र सह(संयोजक मन्जिता मगर रहेको
साँस्कृतिक बिभाग तथा सबिना तामाङ संयोजक र सह(संयोजक निमा शेर्पा रहेको खेलकुद बिभाग गठन गरिएको अनेरास्ववियु सोलुखुम्बुले जनाएको छ।
उता, माप्य दुधकोशी गाउँपालिकाको वडा नं (२ बासा खालि माबिमा प्रेमिका राईको अध्यक्षमा ६९ सदस्य प्रारम्भिक कमिटी गठन गरिएको विद्यार्थी नेता मिलन नाछिरिङले जानकारी दिए।

