कांग्रेस १४ औं महाधिवेशनको लोगो सार्बजनिक
काठमाडौं।मुलुकका सातवटै प्रदेश अधिबेशनको सभापति शेरबहादुर देउवाले भर्चुअल उद्घाटन गरेकै दिन बिहिवार नेपाली कांग्रेसले १४ औं महाधिवेशनको लोगो सार्बजनिक गरेको छ।

महाधिवेशन केन्द्रीय प्रचारप्रसार समितिले महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। राजधानीमा हुने महाधिवेशनको लागि नेपालको नक्सामा कांग्रेसका नेताहरुको तस्विरसहितको लोगो सार्वजनिक गरिएको हो।
लोगोमा वीपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसादा कोइराला र सुशिल कोइरालाको तस्विर रहेको छ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि सुरु हुंदैछ।

