दोलखा : पांच दिनकी सुत्केरीसहित एकै परिबारका तीनजना सुतेकै ठाउँमा मृत फेला
काठमाडौं।तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेमा सुत्केरी महिलासहित एकै परिवारका तीनजना सुतेकै ठाउँ मृत फेला परेका छन् ।

गए राती सुतेकै ठाउँमा मृत फेला पर्नेहरूमा पाँच दिनकी सुत्केरी अम्बिका तामाङ,उनका पति श्याम तामाङ र उनीहरुकी ५ दिने नाबालक छोरी रहेको छौंडे प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक विष्णू दाहालले जानकारी दिए ।
बुधबार विहान स्थानीयले दिएको सूचनाको आधारमा प्रहरी चौकी छौंडेबाट प्रहरी टोली घटनास्थलमा आएको र जिल्ला प्रहरी कार्यालयलाई खबर भए लगत्तै घटनाको जाँच बुझका लागि जिल्ला प्रहरी कार्यालय चरिकोटबाट प्रहरी निरिक्षक अञ्जन कोईरालाको नेतृत्वमा प्रहरी टोली झुलेका पुगी प्रारम्भिक अनुसन्धान पछि मृतकको शब पोष्मार्टमका लागि चरिकोट पठाईएको छ।
सेकतापका लागि कोईला बालेर सुतेको हुनाले झ्याल ढोका बन्द भएको अवस्थामा निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।ु

