कांग्रेस सोलुखुम्बुको सभापतिमा शेर्पा निर्बाचित
सोलुखुम्बु ।नेपाली कांग्रेस सोलुखुम्बु को सभापतिमा नाम्गेल जाङबु शेर्पा बिजयी भएका छन्।

सभापतिका अर्का प्रत्यासी निबर्तमान सभापति बिनोद बस्नेतलाई भारी मत अन्तरले पराजित गर्दै शेर्पा सोलु कांग्रेसको सभापतिमा निर्बाचित भएका हुन।गत मंसिर २ गते भएको निर्बाचनमा कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि हिजो भएको पुनः मतदानमा शेर्पाले ५१३ मत प्राप्त गरेका थिए।शेर्पाले ल्याएको यो मत बस्नेतको भन्दा १४२ ले बढी हो।
खसेको ८९७ मत मध्ये सभापतिका अर्का प्रत्यासी बस्नेतले ३७१ मतमात्र प्राप्त गरेका छन् ।
कांग्रेस सभापतिमा निर्बाचित शेर्पा गत स्थानीय निर्बाचनमा जिल्लाकै एक मात्र नगरपालिका सोलुदुधकुण्डका मेयर समेत हुन्।उनले नेपाली कांग्रेस सोलुखुम्बुका पूर्ब सभापति आङगेलु शेर्पाको समूहबाट सभापतिमा उम्मेदवारी दिएका थिए भने पराजित बस्नेत केसी समूहका हुन्।

