१९०० मत ल्याएर एमाले अध्यक्षमा ओली निर्बाचित, रावलको १९६ मत
सौराहा ।नेकपा एमालेको अध्यक्षमा प्रतिस्पर्धी भीम रावललाई १७ सय ४ मत अन्तरले पराजित गर्दै केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनमा भएको दशौं राष्टिय महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले अब पुनः एमालेको ५ वर्ष नेतृत्व गर्नेछन् । ओलीको चाहना सर्वसम्मत अध्यक्ष पदमा दोहोरिने थियो । यद्यपि उपाध्यक्षसमेत रहेका डा. भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएपछि उनको चाहनामा ब्रेक लागेको थियो । आइतबार हुने भनिएको मतदान आज मात्रै भएको थियो ।
नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा २ हजार ९६ जना प्रतिनिधिले भोट हालेका थिए ।

