ओलीबाप्रति बढ्दो थेग्नै नसकिने क्रेज




अनिता श्रेष्ठ

नेकपा एमालेको अध्यक्ष केपी ओलीको जनआकर्षणको लहर धेरै बढेको छ । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा उर्लिएको जनसागर देखेर आज नेपाल मात्र होईन विश्व जगत नै चकित परेको छ । दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा जनताको जुन लहर देखियो त्यसका पछाडि जननेता मदन भण्डारी र जबजको महत्वपूर्ण र आधारभूत भूमिका देखिन्छ ।

ओली नेतृत्वको सरकारले गरेका तमाम कामहरु नै यस खालको जनआकर्षणको लहर आएको हो । तमाम जाली झेली फरेवी दुष्प्रचार गरेर केही दिन आम जनतालाई भ्रमित पारे पनि साँचो डग्दैन भन्ने स्पष्ट भयो, कुनै पनि वस्तु र विषयलाई समग्रतामा सुदूरदृष्टिका साथ आत्मसात् गर्नुपर्छ । आग्रह रहित भएर निस्पक्ष र स्वतन्त्र अध्ययन, विश्लेषण, सूक्ष्म निरीक्षणबिना वस्तु, व्यक्तिको चिनारी पनि बोक्रे हुने रहेछ ।

एमाले र ओलीकै नेतृत्वमा सरकार बन्न सक्ने अवस्था देखेर बाह्य शक्ति न्यायपालिका समेत ध्वस्त पार्न उद्यत छन । लोभका पछि लाग्ने वा हत्तेहाल्ने मानिस समाजमा कहीँ देख्दैन र तिनीहरु आफूले खनेका खाल्टामा परिरहेका छन् । सबै मिलेर गर्नु नगर्नु गरेपछि एउटालाई मात्र दोषी करार गरेर चोखिनखोजेको भद्दा दृश्य सर्वोच्चमा देख्नु परिरहेको छ । लेनदेन र सेटिङका भरमा सिङ्गो सरकार बनाउनेले एक थान मन्त्री बनाउन खोजेको विषय उछालेर आफ्नो धृणित अपराधी चरित्र ढाकछोप गर्न खोजिरहेका छन् । कुरा सफा छ सर्वोच्च अदलतको बखेडा न्यायालयलाई अझ विकृत बनाउने दुराशयबाट ग्रस्त देखिन्छ । बालुवाटार जग्गा प्रकरण, १४ जना एमालेले कारवाही गरेका सभासद् प्रकरण, ज्यानमारा अभियोगी सभामुख प्रकरण, क्यान्टोन्मेन्ट घोटालालगायत विषयलाई आममाफी दिन र दिलाउनका लागि कालोकोटका नाममा केहि वोकिल न्यायको मन्दिरमा परेड खेलिरहेका छन र खेलाइएका छन् ।

देश र जनताको उत्थानमा सक्रिय र समर्पित रहने सोच र क्षमता भएका नेतालाई लामो उमेर र अवधि चाहिँदो रहेनछ ।जननेता मदन भण्डारीले संसारबाट हराएको र बिलाएको कम्युनिष्ट आन्दोलनको झण्डा नेपालमा छोटै अवधिमा फहराएकाले कम्युनिस्ट नामका चरम अवसरवादी र उग्रवादीले नाङ्ले पसल खोल्न पाएका हुन । ठीक त्यस्तै १५ वर्ष नेतृत्व लिएका माकुनेका अगाडि वकिलको पार्टी र सरकारको कार्यकालमा आकाश र पातालको फरक देखियो । शम्भु थापा र टीकाराम भट्टराइ थरि वकिलले अत्यन्त सीमित व्यक्तिहरु जो देश र जनताको भलो गरेको देख्न सक्तैनन्, । आफू राम्रो गर्न नसक्ने अरुले गरेको राम्रोपनि देख्न नसक्ने केही वोकिल, प्रधानन्यायाधीश र नागरिक अभियन्ताका नामका केही मानिस आफ्नो आङको भैँसी देख्दैनन ।
( लेखक , अनिता श्रेष्ठ प्रेस चौतारी नेपाल काठमाण्डौ शाखाको कार्यसमिति सदस्य हुन)

प्रतिक्रिया दिनुहोस्