वाईबा कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित
सिन्धुली ।नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत सिन्धुली जिल्ला प्रतिनिधि सभा क्षेत्र नं।२ को अधिबेशनबाट खड्गबहादुर वाईबा महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

सिन्धुलीको माढीमा सम्पन्न प्रतिनिधि सभा क्षेत्र-२ को अधिबेशनमा खुला तर्फबाट वाइबा महाअधिवेशन प्रतिनिधि चयन भएका हुन।सिन्धुली जिल्लामा जनताका प्रीय नेताका रूपमा चिनिने उनी कांग्रेसको तर्फबाट दोश्रो संविधानसभा सदस्यका प्रत्यासी समेत हुन।

