सोलु कांग्रेसको सभापतिमा ५१ प्रतिशतको लफडा,पुनः निर्बाचन होला कि सहमति ?
सोलुखुम्बु ।नेपाली कांग्रेस सोलुखुम्बु को सभापति पदका लागि फेरि मतदान हुने सम्भावना बढेर गएको छ।

नेपाली कांग्रेसको निर्बाचन निर्देशिका अनुसार कुनै पनि सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत पुर्याउन नसकेपछि पुनः निर्बाचनको सम्भावना बढेर गएको हो ।नेपाली कांग्रेसको १४ औं जिल्ला अधिबेशनका क्रममा गत शुक्रवार भएको निर्बाचनको मत परिणाम अनुसार सभापतिका उम्मेदवार नाम्गेल जाङ्बु शेर्पाले ४ सय १८ र बिनोदबाबु बस्नेतले ४ सय २८ मत प्राप्त गरेका छन् ।अर्का उम्मेदवार रामबहादुर थापाले ५ मत प्राप्त गरेको बताइएको छ।निर्बाचनमा ८ सय ८२ मत खसेको थियो।
सम्पन्न निर्बाचनमा ५१ प्रतिशत मत कुनै उम्मेदवारले प्राप्त गर्न नसकेका कारण पुनः मतदान हुनुपर्ने धारणा सभापतिका प्रत्याशी नाम्गेलजाङ्बुको छ भने बिनोद समूह यही परिणामलाई स्वीकार गरेर जानुपर्ने अडानमा रहेको सम्बद्ध श्रोतले जनाएको छ।श्रोतका अनुसार यसबीचमा आलोपालो प्रणालीमा सहमति गर्ने प्रयास पनि भइ रहेको छ।आधा कार्यालय बस्नेत र आधा कार्यकाल शेर्पाले नेतृत्व गर्ने विकल्पमा सहमति हुन नसकेको खण्डमा आज निर्बाचनको नयाँ मिति तोकिने सम्भावना रहेको श्रोतको भनाई छ।

