विवादास्पद कृषि कानुन फिर्ता लिने भारतीय प्रधानमन्त्री मोदीको घोषणा



एजेन्सी । भारत सरकारले विवादित तीनवटै कृषि कानुन खारेज गर्ने बताएको छ । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले विवादास्पद कृषि कानुन खारेजीको घोषणा गरेका हुन् ।

एक वर्षदेखि ती कानुन खारेजीको मागसहित भारतका किसानहरू आन्दोलित बनेका थिए । एक वर्षदेखि दिल्लीको सीमानामा आएर धर्ना उनीहरूले दिँदै आएका थिए ।

उत्तर प्रदेशमा आगामी फेब्रअरीदेखि हुने विधानसभा चुनावलाई लक्षित गरेर मोदीले ती कानुन खारेज गरेको हुनसक्ने बताइएको छ । तर, किसानहरूले भने आफूहरूको विजयी भएको प्रतिक्रिया दिएका छन् ।

सरकारले कृषिमा निजी क्षेत्रको वर्चस्व हुनेगरीकानुन ल्याएको किसानहरूको दाबी थियो । उनीहरूले नयाँ कानुनले आफूहरूको आयमा असर गर्ने बताउँदै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्