सोताङ : श्री बिरेन्द्र ज्योति माविमा अनेरास्ववियुको प्राक पुनर्गठन,अध्यक्षमा खड्का



सोलुखुम्बु ।जिल्लाको सोताङ गाउँपालिकामा रहेको श्री बिरेन्द्र ज्योति माविमा नेकपा एमाले निकटको अनेरास्ववियुले प्रारम्भिक कमिटी पुनर्गठन गर्दै नवल खड्काको अध्यक्षतामा १ सय १ सदस्यीय कमिटी गठन गरेको छ।

११ औं राष्ट्रिय सम्मेलनलाई मध्यनजर गरेर पुनर्गठन गरिएको कमिटीको उपाध्यक्षमा नेत्र बस्नेत र अस्मिता बस्नेत सचिबमा प्रज्वला राई तथा सह(सचिव पवन श्रेष्ठ, बाल कुमारी बस्नेत, प्रदिप राई र कोषाध्यक्षमा बिमला खालिङ रहेको जिल्ला सम्मेलन आयोजक कमिटी सचिबालय सदस्य तथा प्रचारप्रसार बिभाग प्रमुख मिलन नाछिरिङले जानकारी दिए।

कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य लक्षुमन खालिङ, नेकपा ९एमाले० जिल्ला कमिटी सदस्य प्रकाश कार्की, राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य मनिष नाछिरिङ, अनेरास्ववियु जिल्ला कमिटी सदस्य खड्ग् बिक, राष्ट्रिय युवा संघ नेपाल सोलुका नेताहरु प्रबिन राई, बबुन राई, हिराकाजी नाछिरिङ, पर्शुराम राई को विशेष उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्