सोलुखुम्बु : मूल्यवृद्धि फिर्ता लिन माग गर्दै यूवा संघ र युथ फोर्सले बुझाए प्रजिअलाई ज्ञापनपत्र



सोलुखुम्बु ।राष्ट्रिय युवा संघ नेपाल र युथ फोर्स नेपाल सोलुखुम्बुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन्।

प्रमुख जिल्ला अधिकारी गणेशबिक्रम शाहीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउंदै शुक्रबार ती दुबै संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले अन्य तमाम क्षेत्रमा समेत प्रभावमा पार्ने भन्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका हुन् ।

युवासंघ सोलुखुम्बुका नेता प्रवेश किराँती र युथ फोर्स संयोजक साजन मगरद्वारा संयुक्त रुपमा हस्ताक्षरित ज्ञापनपत्र अर्का युवा नेता ङ्वाङ तेन्जी शेर्पाले प्रमुख जिल्ला अधिकारी शाहीलाई बुझाएका थिए।

मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढाउने तथा घटाउंदा नघटाउने नेपाल आयल निगमको कदमप्रति खेद व्यक्त गर्दै ज्ञापनपत्रमा पछिल्लो मूल्य वृद्धिले गरिव एबम सर्बहारा नेपाली जनताको ढाड नराम्ररी सेक्ने काम गरेको भन्दै फिर्ता नलिइए जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी समेत दिइएको छ।

प्रतिक्रिया दिनुहोस्