प्रदेश ‘ख’ : केसी समूहलाई भारी मतान्तरले पराजित गर्दै कर्मा शेर्पा कांग्रेस सभापतिमा बिजयी
सोलुखुम्बु। नेपाली काग्रेस सोलुखुम्बु प्रदेश ‘खु’ को सभापतिमा कर्मा शेर्पा सभापतिमा निर्बाचित भएका छन् ।

सोमबार सम्पन्न अधिबेशनका क्रममा भएको निर्बाचनमा प्रतिद्वन्द्वी प्रेमबहादुर थापामगरको प्यानललाई भारी मतान्तरले पराजित गर्दै सभापति शेर्पासहित उनको पुरै प्यानल निर्बाचित भएको हो।सभापतिमा निर्बाचित शेर्पा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पूर्ब सभापति आङगेलु शेर्पा र पराजित उम्मेदवार थापा मगर पूर्बमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी समूहबाट प्रतिस्पर्धामा उत्रिएका थिए।
मंगलबार सम्पन्न मतगणना अनुसार सभापतिमा निर्बाचित शेर्पाले खसेको ४३२ मतमध्ये २६५ र प्रतिद्वन्दी थापामगरले १५५ मत प्राप्त गरेका छन् ।निर्बाचन परिणाम अनुसार आ(आफ्नो प्यानल बनाएर अधिबेशनमा होमिएका शेर्पा र केसी समूह एक(एकवटा प्रदेशमा बिजयी भएका छन्।प्रदेश क मा शेर्पा समूहका उम्मेदवार रोशनबाबु थुलुङलाई ९३ मत अन्तरले पराजित गर्दै केसी समूहबाट उम्मेदवार बनेका धनजन राई सभापतिमा निर्बाचित भएका थिए।
शेर्पा प्यानलमा उपसभापतिमा ज्ञानेन्द्रजंग बस्नेत, ङिमातेन्जीङ शेर्पा सचिबमा भलाकाजी कार्की,चन्द्रबहादुर राई सहसचिवमा सर्किफुरी शेर्पा र मिङमार राई छन् ।
उता प्रदेश प्रतिनिधिमा खुलातर्फ देण्डी शेर्पा, प्रकाश बस्नेत, ल्हाक्पा शेर्पा, भाईकाजी मगर, ङवाङ ल्हाक्पा शेर्पा, लाक्पा दोर्जी शेर्पा, विकास राई, मूना बस्नेत, डोमा शेर्पा र पुर्णिमा तामाङ, खस-आर्यतर्फ शेर बहादुर बस्नेत र विनिता थापा, आदिबासी जनजातीतर्फ भूपाल राई, पासाङ तामाङ, सानुमाया राजभण्डारी र दावा याङटी शेर्पा, दलिततर्फ धनबहादुर विक र अल्पसंख्यकमा तारा बहादुर बस्नेत बिजयी भएका छन् ।

