सोलुखुम्बु : कांग्रेस प्रदेश अधिबेशनमा ‘क’ मा केसी र ‘ख’ मा शेर्पा समूहले बाजी मार्ने सम्भावना



सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुको हिजो सम्पन्न प्रदेश अधिबेशनको मतगणना अझै जारी छ।

दुई प्रदेश निर्बाचन क्षेत्र रहेको सोलुखुम्बुमा सोमबार नेतृत्व छनौटका लागि मतदान सम्पन्न भएको थियो।नेतृत्वका लागि पूर्बमन्त्री एबम् कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी र पूर्ब जिल्ला पार्टी सभापति आङगेलु शेर्पा समूह प्यानलसहित निर्बाचनमा होमिएका थिए।

दुई प्रदेश मध्ये क का लागि केसी समूहका धन्जन राई र ख बाट प्रेमबहादुर थापामगर तथा शेर्पा समूहका क मा रोशन थुलुङ र ख मा कर्मा शेर्पा सभापतिका दावेदार छन् ।

हिजो सांझबाट सुरु मतगणनाको पछिल्लो परिणाम हेर्दा प्रदेश क मा केसी समूह र ख मा शेर्पा समूहले नेतृत्व हात पार्ने सम्भावना प्रबल बन्दै गएको छ।

निर्बाचन अधिकृत कैलाश गुरुङका अनुसार प्रदेश क मा झण्डै १ सय मत मात्रै गणना गर्न बांकी रहेका कारण यस क्षेत्रको दिंउसै र ख को मत परिणाम सार्बजनिक हुन सांझ कुर्नुपर्ने सम्भावना छ।

४३६ मतदान भएको प्रदेश क मा सभापतिका दावेदार राईको १८३ र थुलुङको १०६ मत थियो।अहिले १०० मात्रै मत गणना बांकी रहेको बताईए पनि त्यसको पछिल्लो आधिकारिक अपडेट आउन बांकी रहेको गुरुङले बताए

४ सय ३२ मत खसेको प्रदेश ख मा भने हालसम्म शेर्पाको १ सय ४१ र थापामगरले ८५ मत मात्र प्राप्त गरेका छन् । प्रदेश क मा राई र ख मा शेर्पा समूहको प्यानलकै अग्रता रहेको गुरुङको भनाई छ।

प्रतिक्रिया दिनुहोस्