सर्बोच्चको घम्साघम्सीमा ६ कानुन ब्यबसायी, बारले भोलिको बेन्च बहिष्कार गर्ने



काठमाडौं।सर्वोच्च अदालत परिसरमा बिहीवार प्रहरी हस्तक्षेप भएको भन्दै नेपाल बार एसोसिएसनले शुक्रवार बेञ्च बहिस्कार गर्ने घोषणा गरेको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले गरेको प्रदर्शनका क्रममा बार पदाधिकारी र प्रहरीबीच घम्साघम्सी भएको थियो । घम्साघम्सीका नेपाल बार एसोसियसनका महासचिव लीलामणि पौडेलसहित ६ जना कानुन व्यवसायीहरु घाइते भएका छन्।

बारले सर्वोच्च परिसरमा पोडियम राखेर विरोधसभा गर्न लागेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले जबरजस्ती पोडियम हटाएपछि कानुन व्यवसायी र प्रहरीबीच हात हालाहाल हुँदा ६ कानुन व्यवसायीहरु घाइते भएका थिए।

बारले बिहिवार प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतसहित उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा बिहान १० देखि १२ बजेसम्म कालोपट्टि बाँधेर धर्ना दिएको थियो।

प्रतिक्रिया दिनुहोस्