भ्रमकाे राजनीति नगर्न बाईसिएल नेचासल्यान गाउंपालिका अध्यक्ष राईकाे चेतावनी



सोलुखुम्बु ।योङ्ग कम्युनिष्ट लिग,नेपाल (वाईसीएल ) को नेचासल्यान गाउँपालिका अन्तर्गत वडा नम्बर ५ को वडा सम्मेलन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेचासल्यान गाँउपालिका वाईसीएलका अध्यक्ष सुजन राईको सभापतित्वमा मंगलबार सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा नेचासल्यान गाउँपालिका पार्टी इन्चार्ज केशर राईले गर्नुभएको थियो ।

 

कार्यक्रममा जिल्ला सचिवालय सदस्य तथा नेचासल्यान गाँउपालिका अध्यक्ष सिताराम भट्टराई , प्रदेश कमिटी सल्लाहकार नेता लक्ष्मी बाँस्तोला , जिल्ला समन्वय समिति सदस्य भुपेन्द्र कटेल, सुवास राई, सविना राई , तिलक राई, मदन राई , विधार्थी नेता कुमार कटेल लगायतको उपस्थिति रहेको कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक राईले काङ्ग्रेस र एमालेले भ्रमको राजनीति गरेको भन्दै गणतन्त्र, संघीयता समानुपातिक र जनताको तहसम्म अधिकार ल्याउन योगदान गरेको पार्टी माओवादी केन्द्रलाई नजिस्काउन र अस्वस्थ राजनीति गरेर युवालाई भ्रम नपार्न चेतावनी दिनुभएको छ ।

 

भेलाले योङ्ग कम्युनिष्ट लिग, नेपाल९थअ०ि वडा नम्बर ५ मा क। नरेश राईको नेतृत्वमा २७ सदस्य वडा कमिटी घोषणा चयन गरेको छ।

प्रतिक्रिया दिनुहोस्