माप्यदुधकोशी : जुभिङमा माओवादी केन्द्रको वडा भेला सम्पन्न , मणिराम अध्यक्ष चयन



सोलुखुम्बु । नेकपा (माओबादी केन्द्र) माप्यदुधकोशी गाउँपालिका १ जुभिङको अध्यक्षमा मणिराम राई चयन भएका छन् ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी सोलुखुम्बुका सचिब अशिम राइको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न वडा सम्मेलनले राईको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको नेकपा माओवादी केन्द्र माप्यदुधकोशी गाउँपालिका कमिटी अध्यक्ष प्रकाश खालिङले जानकारी दिए ।

कमिटीको उपाध्यक्ष श्रीकृष्ण राई, सचिब असारमान राई र सहसचिबमा गिता राई चयन भएका छन् । सोही भेलाले वडा नम्बर १ मा टेक बहादुर विश्वकर्माको संयोजकत्वमा ५१ सदस्यीय वाईसिएल नेपाल र तीन वटा टोल कमिटी गठन गरिएको राईले राईले बताए।

पार्टीका गाउँपालिका इन्चार्ज गौरब खालिङ राईको अध्यक्षतामा सम्पन्न
कार्यक्रमका प्रमुख अतिथि थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षसमेत रहेका राईले वडा कमिटी पार्टी बलियो बनाउने जग भएको बताउंदै संगठन सुदृढीकरणमा ध्यान केन्द्रित गर्न पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिएका थिए।सम्मेलनमा विभिन्न पार्टी परित्याग गरि युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेको अध्यक्ष खालिङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्